उपसभामुखको कार्यशैलीप्रति सुदन किराँतीको आपत्ति

प्रकाशित मिति:

काठमाडौं । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले उपसभामुख रुबी कुमारी ठाकुरको कार्यशैलीप्रति कडा आपत्ति जनाएका छन्। पार्टीको एक कार्यक्रममा बोल्दै नेता किराँतीले पदमा पुगेपछि ठाकुरले पार्टीको योगदान र श्रमदाताको सम्मान गर्न नसकेको आरोप लगाए।

पार्टीकै काँधमा चढेर सार्वजनिक पदमा पुगेका नेताहरूले पार्टीको सिद्धान्त र नीतिअनुसार काम गर्नुपर्नेमा जोड दिँदै उनले जो जसलाई मन लाग्छ त्यही गर्ने परिपाटी अब नचल्ने स्पष्ट पारे। पार्टीलाई विधि र प्रणालीमा चलाउन नसके संसारको कुनै पनि शक्तिले जोगाउन नसक्ने उनको भनाइ थियो।

नेता किराँतीले पार्टीलाई पहिलो बनाउने, अध्यक्षलाई प्रधानमन्त्री बनाउने र सर्वमान्य नेता बनाउने सर्त पूरा गर्न संस्थागत प्रणाली अनिवार्य रहेको बताए। साथै, शुभेच्छुकदेखि सबै नेता-कार्यकर्ताले मनपरी नबोली पार्टीको आधिकारिक लाइन र अनुशासनको दायराभित्र रहनुपर्ने औँल्याए।

ताजा समाचार