भारतीय उपचुनावमा कक्रोच आन्दोलनको प्रभाव: भाजपा अध्यक्षको गढमा प्रशान्त किशोर अगाडि

प्रकाशित मिति:

काठमाडौं । भारतमा हालै सम्पन्न उपचुनावमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) लाई जनमतको धक्का लागेको छ। देशमा हालै चर्किएको ‘कक्रोच’ र ‘जेन-जी’ आन्दोलनका बिच भएको चुनावमा भाजपाका मजबुत गढहरूमा विपक्षी तथा नयाँ राजनीतिक शक्तिहरूले अग्रता लिएका हुन्।

बिहारको बाँकीपुर विधानसभा क्षेत्रको मतगणनामा जन सुराज पार्टीका प्रमुख प्रशान्त किशोरले ६ हजारभन्दा बढी मतको अग्रता बनाएका छन्। बाँकीपुर क्षेत्र भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनले प्रतिनिधित्व गर्दै आएको परम्परागत गढ मानिन्थ्यो। यस्तै, मध्यप्रदेशको दतिया क्षेत्रमा कंग्रेसका घनश्याम सिंहले अग्रता लिएका छन्। विश्लेषकहरूका अनुसार युवा असन्तुष्टि र हालैका आन्दोलनका कारण उपचुनावमा सत्ताविरोधी जनमत देखिएको हो।

ताजा समाचार