देवानगञ्ज घटनामा घाइते थप एक जनाको मृत्यु, मृतकको सङ्ख्या ३ पुग्यो

प्रकाशित मिति:

सुनसरी । सुनसरीको कप्तानगञ्जमा भएको घटनामा गोली लागेर गम्भीर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा काठमाडौँमा निधन भएको छ।

घटनालगत्तै उद्धार गरी थप उपचारका लागि उनलाई काठमाडौँ ल्याइएको थियो। उनको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ), महाराजगञ्जमा उपचार भइरहेको थियो।

काठमाडौँ उपत्यका प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाका अनुसार मङ्गलबार बिहान साढे १० बजे चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन्। उनको शरीरमा गोली लागेको र स्वास्थ्य स्थिति अत्यन्त जटिल रहेका कारण गोली निकाल्न सम्भव भएको थिएन।

रवीन्द्रको निधन भएसँगै कप्तानगञ्ज घटनामा ज्यान गुमाउनेको कुल सङ्ख्या तीन पुगेको प्रहरीले जनाएको छ।

ताजा समाचार