बाजुरामा अझै हटेन बाटोमै सुत्केरी हुने बाध्यता, स्वास्थ्यकर्मीको तत्परताले बच्यो आमा-शिशुको ज्यान

प्रकाशित मिति:

बाजुरा । बाजुरामा भौगोलिक विकटता र यातायातको सहज पहुँच नहुँदा गर्भवती महिलाहरू बाटोमै सुत्केरी हुनुपर्ने बाध्यता अझै हट्न सकेको छैन। स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटोमै सुत्केरी भएकी एक महिला र उनको शिशुको स्वास्थ्यकर्मीको समयमै भएको तत्परताका कारण ज्यान जोगिएको छ।

व्यथाले च्यापेपछि स्वास्थ्य संस्थातर्फ ल्याउँदै गर्दा ती महिलाले बाटोमै शिशुलाई जन्म दिएकी थिइन्। बाटोमा सुत्केरी भएको खबर पाउनेबित्तिकै नजिकैको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरू अत्यावश्यक स्वास्थ्य सामग्रीसहित घटनास्थल पुगेका थिए।

स्वास्थ्यकर्मीको टोलीले बाटोमै प्राथमिक उपचार गरी आमा र नवजात शिशु दुवैलाई सुरक्षित रूपमा नजिकैको स्वास्थ्य संस्थामा लगेका छन्। समयमै पुगेका स्वास्थ्यकर्मीको प्रयासका कारण सम्भावित जोखिम टरेको र हाल आमा तथा शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

बाजुराका दुर्गम ग्रामीण क्षेत्रमा सडक सुविधा र एम्बुलेन्स नहुँदा स्थानीय महिलाहरूले अझै पनि ज्यान जोखिममा राखेर बाटोमै सुत्केरी हुनुपर्ने सास्ती व्यहोर्दै आएका छन्।

ताजा समाचार