पार्टीको स्वीकृतिबिना सत्ता खेलमा नलाग्न प्रदेश सांसदहरूलाई राप्रपाको कडा निर्देशन

प्रकाशित मिति:

काठमाडौैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकार निर्माणको गणितीय चलखेलमा सामेल नहुने निर्णय गरेको छ।

पार्टीको आज बसेको कार्यसम्पादन समितिको बैठकले सत्ताको अङ्कगणितीय जोडघटाउमा राप्रपा सहभागी नहुने स्पष्ट निर्णय गरेको जानकारी प्रवक्ता मोहन श्रेष्ठले दिए।

बैठकका निर्णयबारे जानकारी दिँदै प्रवक्ता श्रेष्ठले भने, “प्रदेश सरकारहरू अहिले पनि कांग्रेस, एमाले र नेकपा मिलेर निर्माण गरुन् भन्ने हाम्रो धारणा रहेको छ। प्रदेश सरकारको सम्बन्धमा कुनै निर्णय लिनुपर्ने अवस्था सिर्जना भएमा पार्टीको बृहत्तर हितलाई ध्यान दिई उपयुक्त समयमा उपयुक्त निर्णय लिने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रदान गरिएको छ।”

प्रदेश सरकारका विषयमा उपयुक्त समयमा पार्टीले आवश्यक निर्देशन दिने उनले बताए।

साथै, पार्टीको पूर्वस्वीकृति र निर्देशनबिना सत्ता केन्द्रित कुनै पनि गतिविधिमा सहभागी नहुन सबै प्रदेशका संसदीय दल र प्रदेशसभाका सांसदहरूलाई बैठकले कडा निर्देशन दिएको छ।

ताजा समाचार