काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका समस्या एवम् गुनासोलाई थप प्रभावकारी रूपमा सम्बोधन गर्न ‘हेलो सरकार’ लाई एकीकृत नागरिक गुनासो व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी अघि बढाएको छ।
नयाँ व्यवस्थाअनुसार फोन, सामाजिक सञ्जाल तथा इमेलमार्फत प्राप्त हुने सबै प्रकारका गुनासाहरूलाई एउटै एकीकृत पोर्टलबाट व्यवस्थापन गरिनेछ। यस प्रणालीमा सेवाग्राहीका अत्यावश्यक गुनासाहरू २४ घण्टाभित्रै समाधान (फछ्र्यौट) गर्नुपर्ने समयसीमासमेत प्रस्ताव गरिएको छ। यसका साथै टोल-फ्री नम्बर ११११ लाई अन्य विभिन्न सरकारी निकायका कल सेन्टरहरूसँग अन्तरआबद्ध गराइनेछ।
हेलो सरकार शाखाका अनुसार नागरिकको पहुँछ र विश्वास बढेसँगै गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा गुनासो दर्तामा ३२१ प्रतिशतले वृद्धि भएको छ। जसअनुसार गत वर्ष मात्रै ६९ हजारभन्दा बढी नागरिक गुनासाहरू दर्ता भएका छन्।




