काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष मोहम्मदिन अलीले आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष अलीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन्। संविधानको धारा २९४ मा संवैधानिक निकायले आफूले गरेको कामकारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता ऋतिशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा आयोगको आर्थिक वर्ष २०८२/८3 को वार्षिक प्रतिवेदन पेस भएको जनाइएको छ। उक्त प्रतिवेदनमा आयोगले सो आर्थिक वर्षमा सम्पादन गरेका सम्पूर्ण कामकारबाही तथा गतिविधिहरू समेटिएका छन्।




