सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीलाई अनलाइनबाटै एनओसी उपलब्ध गराइने

प्रकाशित मिति:

कंचनपुर । सुदूरपश्चिम विश्वविद्यालयबाट उत्तीर्ण भई वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीले अब डिजिटल प्रणालीमार्फत नै ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) प्राप्त गर्ने भएका छन्। यसबारे सुदूरपश्चिम विश्वविद्यालय र शिक्षा तथा खेलकुद मन्त्रालयबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीपत्रमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. किसनदत्त भट्ट र मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईले हस्ताक्षर गरेका छन्।

नयाँ सम्झौताअनुसार विश्वविद्यालयको शैक्षिक सूचना प्रणाली र मन्त्रालयको एनओसी अनलाइन प्रणालीलाई आपसमा जोडिनेछ। यसबाट विद्यार्थीका शैक्षिक तथ्याङ्क तथा विवरणहरू डिजिटल माध्यमबाटै सीधा आदानप्रदान हुने व्यवस्था मिलाइनेछ।

यो प्रणाली लागू भएपछि एनओसी लिन विद्यार्थीले भोग्दै आएको प्रशासनिक झन्झट हट्नेछ भने सेवा थप छिटो, सहज, सुरक्षित र पारदर्शी बन्ने विश्वास लिइएको छ।

ताजा समाचार