कैलाली । कैलालीमा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ।
जिल्लाको चुरे गाउँपालिका–४ बस्ने अन्दाजी १४ वर्षीया जानकी पुन मगरको स्थानीय बाटेगडा खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
खोलामा डुबेर बेहोस अवस्थामा फेला परेकी उनलाई उद्धार गरी उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो। तर अस्पतालमा उपचारकै क्रममा पुनमगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।




