कञ्चनपुर । कञ्चनपुरमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–२ बाणीस्थित मछली खोलामा पौडी खेल्ने क्रममा डुबेर स्थानीय १५ वर्षीय आदेश लुहारको मृत्यु भएको हो।
बिहीबार दिउँसो पौडी खेल्न गएका लुहार खोलामा डुबेका थिए। घटनाको कारण र परिस्थिति सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




