कञ्चनपुरमा १२६ एम्पुल लागुऔषधसहित एक युवक पक्राउ

प्रकाशित मिति:

कञ्चनपुर । कञ्चनपुरमा १२६ एम्पुल लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।भीमदत्त नगरपालिका वडा नम्बर ११ भुजेलामा लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको टोलीले आइतबार अपराह्न साढे ३ बजे एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सोही नगरको वडा नम्बर १८ बागबाणी निवासी २७ वर्षीय आसुतोष सिनाल रहेका छन्। शंकास्पद अवस्थामा जाँच गर्दा उनको रातो लेदरको झोलाभित्र फेनारगन ६३ एम्पुल र बी–जेसिक ६३ एम्पुल फेला परेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका सिनालमाथि थप अनुसन्धान अघि बढाइएको कञ्चनपुरका डीएसपी टेकबहादुर रावतले जानकारी दिएका छन्।

ताजा समाचार