सुदूरपश्चिमबाट केन्द्रिय महामन्त्रीमा नैनसिंह महरको उम्मेदवारी

प्रकाशित मिति:

कंचनपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सुदूरपश्चिमबाट नेता नैनसिंह महरले केन्द्रिय महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।

महरलाई गृहजिल्ला डडेल्धुरा कांग्रेसले महामन्त्री पदका लागि अघि बढाउने सर्वसम्मत निर्णय गरिसकेको छ। डडेल्धुरा कांग्रेसले महरको उम्मेदवारीलाई पार्टीको संगठनात्मक रूपान्तरण, पारदर्शिता, जवाफदेहिता, पुस्तान्तरण तथा राष्ट्रिय हितकेन्द्रित राजनीतिक संस्कार निर्माणसँग जोडेको छ।

महरले १५औँ महाधिवेशनमा ‘सुदृढ, गतिशील र सबैको साझा कांग्रेस’ निर्माण गर्ने उद्देश्यसहित महामन्त्री पदमा उम्मेदवारी दिएको बताएका छन्। उनले महाधिवेशन प्रतिनिधिहरूसँग आफ्नो उम्मेदवारीलाई साथ र अमूल्य मत प्रदान गर्न आग्रहसमेत गरेका छन्।

महाधिवेशन नजिकिँदै गर्दा महरले विभिन्न प्रदेश तथा जिल्लाका नेता–कार्यकर्तासँग भेटघाट र छलफललाई समेत तीव्रता दिएका छन्। उनले कांग्रेसलाई समय सापेक्ष बनाउँदै विभिन्न पुस्तालाई जोडेर अघि बढाउने एजेन्डासहित महामन्त्री पदमा उम्मेदवारी दिएको बताएका छन्।

ताजा समाचार