आईपीयू महासभामा नेपालद्वारा जलवायु आपत्कालीन एजेन्डा प्रस्तुत

प्रकाशित मिति:

काठमाडौं । अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी नेपाली प्रतिनिधिमण्डलले भोटेकोशी, त्रिशूली बाढी र हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दो विपद्लाई केन्द्रित गर्दै जलवायु आपत्कालीन एजेन्डाबारे आईपीयू सचिवालयसँग छलफल गरेको छ।

तान्जानियाको अरूसा पुगेको सभामुख डोलप्रसाद (डीपी) अर्याल नेतृत्वको टोलीले जलवायुजन्य जोखिम न्यूनीकरण, विपद् पूर्वतयारी तथा अन्तर्राष्ट्रिय संसदीय सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको हो। नेपालले उक्त प्रस्तावलाई महासभाबाट पारित गराउन विभिन्न सदस्य राष्ट्रहरूसँग छलफल गरी समर्थन जुटाउने प्रयास गरिरहेको सचिवालयले जनाएको छ।

ताजा समाचार