एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच भिडन्त

प्रकाशित मिति:
spot_img

काठमाडौं । जारी तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स आमनेसामने हुँदैछन्।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल अपराह्न ५ बजेदेखि सुरु हुने तालिका रहेको छ। कुशल भुर्तेलको नेतृत्वमा मैदान उत्रिने पोखराले अघिल्ला दुई सिजनमा फाइनलसम्मको यात्रा तय गर्न सकेको छैन। यता राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स लगातार दुई पटक फाइनलमा पुगेर पनि उपाधि जित्नबाट वञ्चित रहँदै आएको छ। दुवै टोली आजको खेलमा स्पष्ट जित निकाल्दै प्रतियोगितामा बलियो सुरुआत गर्ने दाउमा छन्।

यसैबिच, पोखरा एभेन्जर्सको ब्याटिङ लाइनलाई मजबुत बनाउन श्रीलङ्काका राष्ट्रिय क्रिकेटर सदीरा समरविक्रमा टोलीमा सामेल भएका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा जारी यस सिजनको एनपिएलमा आठ टोली प्रतिस्पर्धामा छन्। प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म चल्नेछ।

spot_img

ताजा समाचार