कञ्चनपुरका ७४ वर्षीय वृद्धले नहरमा हाम फालेर मृत्यु

प्रकाशित मिति:

महेन्द्रनगर। कञ्चनपुरको गड्डाचौकीस्थित नहरमा डुबेर एक जना बृद्धको मृत्यु भएको छ।

नहरमा हामफालेका कृष्णपुर नगरपालिका–७ का ७४ वर्षीय बिरबहादुर कुँवरको मृत्यु भएको हो।

उनले बुधबार दिउँसो गड्डाचौकीस्थित ७ नम्बर सीमा स्तम्भ नजिकको नहरमा हाम फालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक जानकारी दिएकाछन् ।

‘आज १२ बजेतिर नहरमा हाम फालेका थिए, प्रहरीले जीवितै उद्धारको प्रयास गरेपनि बचाउन सकेनन् ।

बिहान कृष्णपुरस्थित घरबाट निस्किएको खुलेको छ।

’घरायसी तनावले उनले आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ। उनको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।

ताजा समाचार