निर्वाचनमा निष्पक्ष समाचार संकलन सम्बन्धी कार्यशाला समपन्न

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । निर्वाचनमा निष्पक्ष समाचार रिपोर्टिङ्ग सम्बन्धि एक दिने कार्यशाला मिडिया एक्सन नेपालको आयोजनामा धनगढीमा सम्पन्न भएको छ ।

कार्यक्रममा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मण दत्त पन्तले पत्रकारका लागि व्यवसायिक मापदण्ड र आचारसहिताको पालन गर्नु निर्वाचनको निस्पक्ष मिडिया कभरेजको मानक भएको बताउनु भएको हो ।

उहाँले चुनावमा मिडिया व्यावसायिकता नैतिकता र आचार संहिताको पालना, चुनाब सवालमा मिडियाको के कस्तो भुमिका रहेको हुन्छ? भन्ने बिसयमा महत्वोपुर्ण कुराहरू राख्नु भएको थियो

त्यसैगरी द हिमालयन टाइम्सका सम्पादक राजन पोखरेलले मानव अधिकारको लागि मिडियाको दृष्टिकोण, मानव अधिकार र निर्वाचन प्रावधान र मापदण्ड नेपालको संविधान निर्वाचनमा रिपोर्टिङका चरणहरू, मानव अधिकार रिपोर्टिङमा मिडियाको दृष्टिकोण बारेमा चर्चा गर्दै पत्रकारले यी सवालको उठान कसरी गर्ने भन्ने बारेमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्नु भएको थियो।

कार्यशालामा स्वास्थ्य टिभि अनलाइनकी सम्पादक कल्पना आचार्यले घृणायुक्त भाषणको विरुद्धमा र समाबेशी मिडिया सामाग्रिको प्रचार गर्ने निर्वाचन सम्बन्धी गलत सुचना प्रवाहलाई रोक्नु पर्ने र लैङ्गिक हिसाबले पनि मिडियाले विषय वस्तुको उठान गर्नु पर्ने बताउनु भएको हो ।

कार्यशालामा २० जना पत्रकारको सहभागिता थियो भने पत्रकारले आफूहरुलाई यो कार्यक्रमले आगामी चुनावमा रिपोर्टिङ्ग गर्न सहज बनाउने राय राखेका थिए।कार्यक्रमको सहजीकरण मिडिया एक्सन नेपालका सुदुरपश्चिम संयोजक उमाकान्त जोशीले गर्नु भएको थियो। यो कार्यक्रमबाट २ जना पत्रकारलाई लेखनबृती समेत दिने जोशीले बताउनु भएको छ ।

spot_img

ताजा समाचार