हिउँचितुवाको तस्वीर फेक तथ्य बाहिरिएपछि कितियाको सामाजिक संजाल निष्क्रिय

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । अमेरिकी महिला फोटोग्राफर कितिया पालवोस्की ले आफ्नो सामाजिक सञ्जाल निष्क्रिय बनाएकी छन्।

आजमात्रै फ्रान्सको चर्चित पत्रीका ‘अल्पाइन मग’ ले ‘द फेक स्नो लियोपार्ड फोटोमोन्ताज स्प्रेड एराउन् द वर्ल्ड’ शीर्षकमा एउटा  रिपोर्ट प्रकाशित गरेको थियो। जसमा कितियाले नेपालको सगरमाथा क्षेत्रमा भेटिएको भमिएको हिउँ चितुवाको तस्वीरहरु फेक भएको पुष्टि समेत गरेको थियो।

उक्त, रिपोर्ट मिडियाहरुमा भाइरल भएपछि कितियाले आफ्नो फेसबुक र इन्स्टाग्राम एकाउन्ट निष्क्रिय पारेकी छन्।

केहि समय अगाडि मात्र कितियाले इन्स्टाग्राममा सगरमाथा क्षेत्रमा हिउँ चितुवा भेटिएको तस्वीरहरु हालेकी थिइन्। त्यसपछि उक्त तस्वीर नेपालमा मात्रै नभएर विश्वभर ईन्टरनेटमा भाइरल बनेको थियो।

तर, ‘अल्पाइन मग’ ले प्रकाशित गरेको रिपोर्टमा हिउँ चितुवाको तस्वीरहरु वास्तविक नभएर फोटोसफ मार्फत बनाएको दावी गरिएको थियो। जसमा फोटोहरुको जोडजाड बाट बनाइएको उल्लेख गरेको थियो। प्रकाशित रिपोर्टमा कितिया एउटा फोटोसफ विज्ञ रहेको समेत भनिएको छ।

spot_img

ताजा समाचार