बैतडीमा सशस्त्र प्रहरी जवानले गरे एक युवतीको हत्या

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । बैतडी पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया माया लुहारको हत्यामा सशस्त्र प्रहरी जवानको संलग्नता रहेको छ। मंगलबार साँझ मायाको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको छ । मायाको शव शिवनाथ गाउँपालीका–६ शिवनाथ मन्दिर नजिकै भेटिएको हो। उनको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

उनीसँगै रहेकी १५ वर्षीया बालिका नेहा लुहार घाइते अवस्थामा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी प्रेमबहादुर शाहीले प्रारम्भिक अनुसन्धानमा उक्त खुलेको र दोषीलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी खटाइएको छ

अनुसन्धानमा सहयोग गर्न प्रदेश प्रहरीको एउटा टोली बैतडी पुगेको छ।घाइते बालिकाले नाम लिएका आरोपित युवा सशस्त्र प्रहरीमा कार्यरत रहेको खुल्न आएपनि प्रहरीले उनका बारेमा बिस्तृत विवरण खुलाएको छैन्।

घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डिएसपी शाही आफै घटनास्थलमा खटिएका छन्।

spot_img

ताजा समाचार