सुदूरपश्चिमका पहाडी जिल्ला डोटी र अछामका भुकम्प पिडितहरुलाई मानवीय सहायता बितरण

प्रकाशित मिति:


महेन्द्रनगर । रह्युमानिटी फाउण्डेसन नेपालले सुदूर पश्चिमका पहाडी जिल्ला डोटी र अछामका भुकम्प पिडितहरुलाई मानवीय सहायता सामग्री प्रदान गरेको छ ।

नाईजेरियामा कार्यरत एनआरएनएका पूर्व कोषाध्यक्ष तथा ह्युमानिटी फाउण्डेसन र टीकापुर सरोकार समूहका संयोजक हिक्मत थापाको संयोजनमा अफ्रिकाबाट रुपारेलिया फाउन्डेसन युगाण्डाका अध्यक्ष डा। सुधीर रुपारेलियाले छ लाख ४७ हजार ५७, एनआरएनए नाइजेरियाबाट एक लाख १९ हजार २३८ र पद्यम एन्ड शान्ति फाउन्डेसन बोत्स्वानाले ६५ हजार आठ लाख ३१ हजार २९५ रुपैया सहयोग प्राप्त भएको थियो । त्यस बाहेक ह्युमानिटी फाउण्डेसनले करीव पाँच लाख बराबरको मानवीय सहायता प्रदान गरेको छ ।

ह्युमानिटी फाउण्डेसनका महासचिव दीर्घराज उपाध्यायले सायल गाँउपालिकाका अध्यक्ष धर्मराज जोशीलाई दुई सय परिवारका लागि त्रिपाल र दमका बिरामीका लागि दुई थान अक्सिजन कन्सन्टे«टर प्रदान गरे । त्यस्तै उपाध्यायले अछामको साँफेबगर नगरपालिका वडा नम्बर ६ का भुकम्पबाट प्रभावित ३० परिवारलाई ३० थान कम्वल र ३० थान वडा सदस्य भीम रावललाई हस्तान्तरण गरे ।

आज बिहान पूर्वी चौकी गाँउपालिकाका उपाध्यक्ष पशुपती खड्कालाई ह्युमानिटी फाउण्डेसन नेपालका कोषाध्यक्ष मान सिंह साँउदले ३०० थान त्रिपाल र दुई थान अक्सिजन कन्सन्टे«टर हस्तान्तरण गरे । सायल गाँउपालिकाका अध्यक्ष जोशीले भुकम्पका कारण बिस्थापित भएकाहरुका लागि मानवीय सहायता प्रदान गरेकोमा सहयोग गर्ने सम्पूर्ण मनकारी व्यक्ति र संस्थालाई धन्यवाद दिए ।

पूर्वी चौकी गाँउपालिकाकी उपाध्यक्ष खड्काले भुकम्पबाट ६ जनाको मृत्यु हुनुका साथै झण्डै चार हजार पाँच सय परिवार विस्थापित भएको बताईन । उपाध्यक्ष खड्काले विपत्तिको घडीमा मानवीय सहायता प्रदान गरेकोमा सम्पूर्ण मनकारी व्यक्ति र संस्थाहरुलाई धन्यवाद दिईन ।
साँफेबगर नगरपालिका वडा नम्बर ६ का सदस्य रावलले चिसोले कठिनाई झेलिरहेका भुकम्पबाट प्रभावितहरुलाई त्रिपाल र कम्वल प्रदान गरेकोमा सहयोगी संस्था र मनकारी व्यक्तिहरुलाई धन्यवाद दिए ।

फाउण्डेसनका महासचिव उपाध्यायले सुदूरपश्चिमका भुकम्प पिडितहरुलाई मानवीय सहायता प्रदान गर्न नाईजेरियामा अगुवाई गर्ने एनआरएनएका पूर्व कोषाध्यक्ष तथा ह्युमानिटी फाउण्डेसनका संस्थापक हिक्मत थापा, रुपारेलिया फाउन्डेसन युगाण्डाका अध्यक्ष डा। सुधीर रुपारेलिया, एनआरएनए नाइजेरिया, र पद्यम एन्ड शान्ति फाउन्डेसन बोत्स्वाना प्रति आभार व्यक्त गरे ।

Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार