महेन्द्रनगर । कैलालीमा लागूऔषध ब्राउनसुगरसहित ४ जना पक्राउ गरेको छ ।
कैलारी गाउँपालिका–७ रामपुर बस्ने रामशरण चौधरीको घरबाट १ ग्राम ९ सय मिलिग्राम ब्राउनसुगरसहित धनगढी उपमहानगरपालिका–८ बस्ने २४ वर्षीय रोशन शाह समेतका ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले चौधरीको घर तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारेको थियो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।