कैलालीमा डाँका समहूले स्थानीयमाथि गर्‍यो फायर

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । धनगढीमा गोली चलेको छ। उपमहानगरपालिकाको वडा नम्बर ९ मा आज बिहान गोली चलेपनि प्रहरीले घटनाको पुष्टि गरिसकेको छैन।

वडा नम्बर ९ शिवरामनगर टोलमा विहान २ः४५ बजेको समयमा गोली चलेको हो। स्थानीय प्रजापति विष्टको घरमा चोरी गर्न आएको समूहको प्रतिकार गर्न खोज्दा उनीहरुले गोली प्रहार गरेको विष्टले बताए।

गोली लागेर विष्ट सामान्य घाइते भएका छन्। अटो रिक्साका चार व्याट्री चोरिएका छन्। विष्टमाथि गोली प्रहार गरेपछि स्थानीयले होहल्ला गर्दा डाँकाहरू भागेका थिए।उक्त समूहलाई लखेट्दा अर्को राउन्ड फायर गरेको विष्टले बताए। कैलाली प्रहरीले घटनाको पुष्टि गरेको छैन।

यसबारे बुझ्न खोज्दा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीको फोन उठेन।आइतवार साँझ अत्तरियामा सुनचाँदी व्यवसायी विकाश सुनारमाथि पनि अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए। त्यो घटनाले त्रसित स्थानीय फेरि गोली चलेपछि असुरक्षा महशुस गरिरहेका छन्।

spot_img

ताजा समाचार