कैलालीमा सहरकारीबाट पाँच लाख ६८ हजार चोरी

प्रकाशित मिति:
spot_img


महेन्द्रनगर । कैलाली अत्तरियामा सहकारीबाट पाँच लाख ६८ हजार बढी चोरी भएको छ।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ मा रहेको साना किसान कृषि सहकारी संस्थाको लकर तोडेर ५ लाख ६८ हजार ६ सय तीन रुपैयाँ चोरी भएको हो।

मालाखेती प्रहरीका अनुसार झ्यालको ग्रिल निकालेर भित्र पसेको चोरले लकर तोडेर नगद मात्र चोरी गरेको हो। चोरले सिसीभिटी क्यामराको डिभाइससमेत लिएको प्रहरीले बताएको छ। सडक तथा अन्य क्षेत्रका क्यामरा मार्फत थप अनुसन्धान थालेको प्रहरीले बताएको छ।

spot_img

ताजा समाचार