महेन्द्रनगर ।कन्चनपुर जिल्ला महेन्द्रनगरमा रहेको समाज कल्याण अञ्चल बाल अनाथालयमा रहेको नाबालिकाहरु माथि यौन शोषण दुर्व्यवहार भएको छ ।
विगत लामो समयदेखि बाल अनाथालयमा बस्दै आएका नाबालिका माथि यौन शोषणमा संलग्न रहेको भन्दै मंगलबार अनाथालय कार्यालयका प्रमुख शंकरबहादुर चन्दलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ। उनी २०५९ साल देखि समाज कल्याण अञ्चल बाल अनाथालयमा प्रमुख रहिआएका थिए ।
बालिकाको विगत तीन महिना सम्म महिनावारी रोकीएर पेटमा वच्चा रहेको र एक्कासी बालिकामा माघ १४ अचानक रक्तश्राव भएपछि यो घटना बाहिरिएको बालबालिकालाई हेरचाह गर्ने धाईआमाले जानकारी दिएकी छिन्।
उनका अनुसार, अनाथालयमा एक जना बालिका गर्भवती भएर ३ महिनाको गर्भपतन भएको र विगतका दिनहरूमा अरु बालिकालाई पनि छामछुम गरेर शारीरिक अश्लिल हर्कत गरीगरेको थियो । कार्यालय प्रमुखले यस्तो दुर्व्यवारबाट बचाउने कोसिस गरिरहेकी थिइन् ।
उनले भनिन् , “बाल अनाथालयमा बालबालिकाहरुका लागि आएका दान आफ्नो गोजीमा हाल्ने,अरूले गरेको सहयोग रुपैयाँ,कपडा, खाद्यान्न, फलफूल लगायतका सामान बालबालिकाहरूलाई नदिएर सामग्रीहरु आफ्नो घर लाग्ने गरेको व्यक्तिगत प्रयोग गर्दै आएको थियो। अनाथालयको बेजत हुन्छ भन्ने डरले यो कुरा बाहिर नआएको आफूले यो कुरा बाहिर कसैलाई नभनेको बताएकी छिन् । “
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी श्याम शिह चौधरीले वालिका यौन दुर्व्यवहारको आरोपमा लागेका चन्दलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।