बझाङको सेती नदिमा हाम फालेर एक जना युवकले गरे आत्महत्या

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । बझाङ जिल्लाको सेती नदिमा हाम फालेर एक जना युवकले आत्महत्या गरेका छन्।

सेतीमा हाम फालेर बेपत्ता भएका छबिस पाथिभेरा गाउँपालिका–४ का ३१ वर्षीय नरेश थापाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

थापाको शव दुर्गाथली गाउँपालिका-२ झनाना नजिक हाम फालेको ठाउँबाट करिब १५० मिटर तल ढुंगाको खोल्चामा फेला परेको हो ।

उनी छबिस पाथिभेरा गाउँपालिका–४ का वडाअध्यक्षका छोरा हुन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार