कञ्चनपुरमा अवैध लागू औषध खैरो हेरोइनसहित दुई जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका-६ भुराकोटबाट अवैध लागू औषध खैरो हेरोइन सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा कैलालीको धनगढी उपमहानगरपालिका-१३ कैलारीगाउँ बस्ने २३ वर्षीय मदन राना र २८ वर्षीय निसान घर्ती मगर रहेका छन् ।

उनीहरूको साथबाट करिब १.४८ ग्राम अवैध लागू औषध खैरो हेरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

Advertisementspot_img

ताजा समाचार