कञ्चनपुर : कञ्चनपुरका सक्रिय पत्रकार मोहन विष्ट पुरस्कृत भएका छन ।
प्रेस सेन्टर नेपाल सुदूरपश्चिमको वार्षिक साधारण सभाको अवसरमा नयाँ पत्रिका दैनिकका संवाददाता तथा नयाँ जनक्रान्ति दैनिकका समाचार संयोजक र प्रेस सेन्टरको प्रदेश पदाधिकारी समेत रहेका क्रियाशील पत्रकार मोहन बिष्टलाई पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
लामो समयदेखि पत्रकार विष्ट पत्रकारितामा सकृय रहेका छन । उनले समाजमा विपन्न ग्रामिण भेगदेखि पहुँच नहुने क्षेत्रवर्गका आवाज उठान गर्दै आएका छन ।
प्रेस सेन्टर नेपाल सुदूरपश्चिमको वार्षिक साधारण सभामा विभिन्न जिल्लाका प्रेस सेन्टरका पत्रकारहरुलाई सम्मानित गरेको थियो । जसमा दार्चुलाका हरिप्रसाद जाेशी,अछामका नरेन्द्र रावल,डाेटीका किरण धामी,नेकपा माओवादी केन्द्र, सुदूरपश्चिम प्रदेश प्रचार तथा प्रकाशन विभागबाट कैलालीका उन्नति चाैधरी,बाजुराका शाेधा नेपाली,कञ्चनपुरका माेहन विष्ट,कैलालिका सुरेन्द्र ताम्राकार सम्मानित भएका थिए ।





