बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन (फोटोमा हेनुहोस)

महेन्द्रनगर । केही दिन अगाडि परेको अविरल वर्षाका कारण आएको बाढीले प्रभावित भएका क्षेत्र स्थलगत अनुगमन गरिएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाका विभिन्न वडाहरुमा बाढीले पुर्याएको क्षतीको सुदूरपश्चिम प्रदेश सरकारको टोलीले अनुगमन गरेको छ ।

सुदूरपश्चिम प्रदेशको विधायन समितिका सभापती दिवान सिंह विष्ट सहितका ९ जना प्रदेश सभा सदस्य, कर्मचारी, भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थी,भीमदत्त नगरपालिका वडा नम्बर ४,१०,१४ वडाध्यक्ष क्रमश सुशील भट्ट, महेश चन्द, भोजराज जोशी लगाएतले अनुगम गरेका छन् ।

बाढीका कारण भत्किएका सडक, पुल, कल्भर्टहरु पुनः निर्माणका लागि स्थलगत अनुगमन गरिएको बताइएको छ ।

ताजा समाचार