पाँचौँ ‘विष्णु प्रसाद मिश्र’ कप टि–२० क्रिकेट प्रतियोगिता शुरु

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–०८ तिलाचौरमा पाँचौँ विपि (विष्णु प्रसाद मिश्र) कप टि–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । लोकतन्त्रवादी , समाजसेवी तथा काँग्रेस कञ्चनपुरका नेता स्व. विष्णु प्रसाद मिश्रको स्मृतिमा न्यू हिमालय सामाजिक सेवा समितिद्धारा आयोजित प्रतियोगिताको सोमवार भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीको प्रमुख आतिथ्यतामा उद्धघाटन गरिएको छ ।

उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख बोगटीले स्व.विपि मिश्र एक असल, इमान्दार र लोकतन्त्रवादी नेता भएको भन्दैँ उनको स्मृतिमा संचालन हुदैँ आएको प्रतियोगितालाई निरन्तरता दिनुपर्ने बताए ।

‘उहाँ एक असल, इमान्दार र लोकतन्त्रवादी नेता हुनुहुन्थ्यो ।’ नगरप्रमुख बोगटीले भने ‘उहाँको स्मृतिमा आयोजना हुदैँ आएको यो प्रतियोगिता निरन्तर संञ्चालन गर्नु पर्छ ।’ उनले अगाडी भने ‘अहिले टेनिस बलले खेलाइदैँ आएको प्रतियोगितालाई आगामी दिनमा अन्तराष्ट्रिय मान्यता प्राप्त प्रतियोगितामा खेलाइने लेदर बलले खेलाउन आवश्यक छ । किनभने यस्ता प्रतियोगिताले भोलि खेलाडी उत्पादनमा सहयोग गर्न सक्नु पर्छ । लेदर बलले खेल्दा खेलाडीहरुलाई अनुभव र राम्रो अभ्यास हुने भएकोले अन्तराष्ट्रिय मान्यता प्राप्त प्रतियोगितामा खेलिने सामाग्री प्रयोग गरी खेल्न आवश्यक छ ।’

यस्तै उनले भीमदत्त नगरपालिकाले यस क्षेत्रको खेल खेलाडीहरुको विकासका लागि सहयोग गर्दै आएको र आगामी दिनमा समेत सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर उपप्रमुख नीलम लेखक जोशीले पछिल्लो समय युवाहरु लागुऔषध दुव्र्यसनमा फस्दै गएको अवस्थामा यस्ता प्रकारमा खेल प्रतियोगिताले युवाहरुलाई त्यस्ता नकारात्मक बाटोमा जानबाट रोख्ने बताइन् ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्षहरु, विभिन्न सरकारी गैरसरकारी संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरु, खेलाडी लगाएत स्थानियहरु उपस्थिति रहेको थियो ।

उक्त प्रतियोगिता विजेता टिमलाई नगद १ लाख, ५५ हजार ५५५रुपैया र उपविजेता टिमलाई ७७ हजार, ७ सय ७७ रुपैया सहित मेडल ट्रफी पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

बेष्ट बलर, फिल्डर, प्रिमियम, ब्याड्स मेन, ईमरजिङ्ग, मोष्ट सिक्सर, म्यान अफ द सिरिज खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने स्व. विपी मिश्रका छोरा एवम् भीमदत्त नगरपालिका–०८ का वडाध्यक्ष मदनराज मिश्रले बताए । यस्तै उनले प्रतियोगिता सभ्य, भव्य तवरले सफल बनाउन सम्पूर्णको सहयोग रहने विश्वास व्यक्त गरे ।

Advertisementspot_img

ताजा समाचार