भीमदत्त नगरलाई विपद् व्यवस्थापन सामाग्री सहयोग

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकालाई विपद् व्यवस्थापन सामाग्री सहयोग गरिएको छ । समुदायको जलवायु उत्थानशिलता कार्यक्रम अन्तर्गत प्राक्टिकल एक्सनको सहयोगमा पेसवानले नगरपालिकालाई २२ प्रकारका विपद् व्यवस्थापन सामाग्री हस्तान्त्ररण गरेको हो ।

बुधवार सूचना डिसप्ले बोर्ड, लाइफ ज्याकेट, स्ट्रेचर, सेफ्टी हेलमेट, अग्नी नियन्त्रक, हेडलाइट, लाइफ बोय रिङग रबर ट्युब, गमबुट, रुख काट्ने आरा, बेल्चा, घन, गैटी, बन्चरो, सर्प उद्धार सामाग्री, प्याडल पम्प, चेस्ट हार्नेस, क्याराविन, हाते माईक लगाएतका २२ प्रकारका सामाग्री नगरपालिकालाई हस्तान्त्ररण गरिएको हो ।

सामाग्री बुझदैँ नगरप्रमुख पदम बोगटीले प्राक्टिकल एक्सन एवम् पेसवानलाई धन्यवाद व्यक्त गर्दै यी सामाग्रीहरुले विपद्संग लड्न तथा उद्धार कार्यमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।

oplus_34
spot_img

ताजा समाचार