महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ०६ मा नवनिर्वाचित वडाध्यक्ष प्रकाश बहादुर चन्दलाई भीमदत्तका नगरप्रमुख पदम बोगटीले बुधबार शपथ गराएका छन् ।
चन्द गत आइतबार भएको उपनिर्वाचनबाट भीमदत्तं–०६ मा वडाध्यक्ष निर्वाचित भएका हुन् । भीमदत्त नगरपालिकाको कार्यालयमा बुधवार आयोजित एक कार्यक्रमका विच निर्वाचित वडाध्यक्षलाई मेयर बोगटीले सपथ ग्रहण गराएका हुन् ।
उक्त कार्यक्रममा नगरप्रमुख बोगटीले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न भएकोमा निर्वाचन आयोग, कर्मचारी, सुरक्षा निकाय, संञ्चारकर्मी, राजनितिक दल लगाएतलाई धन्यवाद व्यक्त गरे ।
यस्तै उनले निर्वाचनमा उत्साहजनक सहभागिताका साथ आफ्नो प्रतिनिधि चयन गरेकोमा वडावासीलाई समेत बधाई सहित धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा नवनिर्वाचित वडाध्यक्षले वडा नम्बर ०६ लाई नमुना वडाका रुपमा विकास गर्न लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
सो कार्यक्रममा उपमेयर नीलम लेखक जोशी, प्रमुख प्रशासकिय अधिकृत महेश बहादुर बम, नगरप्रवक्त पदमराज अवस्थी, २०७९ मा निर्वाचित वडाध्यक्ष (स्वर्गिय महेन्द्र खड्का) का बुवा लाल बहादुर खड्का, वडाध्यक्षहरु, कार्यपालिका सदस्य, कर्मचारी, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।
चन्द नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका हुन् । यसअघि पनि यस वडामा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष थिए ।
०७९ मा भीमदत्त–०६ बाट निर्वाचित वडाध्यक्ष महेन्द्र खड्काको निधनपछि यस वडामा आइतबार उपनिर्वाचन भएको थियो ।