महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–०३ स्थित ब्रिक्स्टन कलेजमा अध्ययनरत विद्यार्थीहरुले रक्तदान गरेका छन् ।
ब्रिक्स्टन शेक ह्याण्ड क्लवद्धारा आयोजित रक्तदान कार्यक्रममा दर्जनौँ विद्यार्थीहरुले रक्तदान गरेको कलेजले जनाएको छ ।
रगत अभावका कारण कसैको ज्यान जान नपरोस तथा उपचारमा समस्या नहोस् भन्ने उद्देश्लेले कलेज एवम् क्लवको सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत रक्तदान गरिएको बताइएको छ ।
ब्रिक्स्टन कलेज र त्यहाँ अध्ययनरत विद्यार्थीहरुले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएका छन् ।