महेन्द्रनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का लागि भोलि (माघ ६ गते) हुने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता कार्यक्रममा नेपाली कांग्रेस कञ्चनपुरले पार्टीका सबै तहका नेता–कार्यकर्ता, भातृ तथा शुभेच्छुक संघ–संस्था र सम्पूर्ण शुभचिन्तकहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा उपस्थित हुन आह्वान गरेको छ ।
पार्टी सचिव भिमराज भट्टद्वारा जारी सूचनाअनुसार निर्वाचन क्षेत्र नं. १ अन्तर्गत बेलौरीमा दिउँसो ३:०० बजे, निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बनसमिति क्षेत्रीय पार्टी कार्यालयमा दिउँसो १२:१५ बजे तथा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत जिल्ला पार्टी कार्यालय महेन्द्रनगरमा दिउँसो २:०० बजे मनोनयन दर्ता कार्यक्रमका लागि उपस्थित हुन आग्रह गरिएको छ ।
लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण चरणका रूपमा रहेको मनोनयन दर्ता कार्यक्रममा व्यापक सहभागिताका लागि कांग्रेस कञ्चनपुरले सबैमा हार्दिक अनुरोध गरेको छ ।


