महेन्द्रनगर : केहि दिन यता गर्मि बढ्दै गएपछि तराई क्षेत्रका वासिन्दाहरुको जनजिवन कस्टकर बन्दै गएको छ। तराईका जिल्लाहरुमा तापक्रम उच्च भएपछि जनजीवन प्रभावित बन्दै गएको देखिन्छ ।
दिउसोको समयमा सडक तथा बजार क्षेत्र सुनसान देखिन थालेका छन् भने सर्वसाधारण गर्मि बाट बच्न छाता ,पानि र चिसो पेय पदार्थको प्रयोग गरिरहेका देखिन्छन । चर्को घाम र तातो हावाका कारण बालबालिका ,वृद्धवृद्धा तथा दैनिक मजदुरी गर्ने मानिसहरुको जीवन भने दिनानुदिन कस्टकर हुदै गएको छ ।
यसैगरी विधायार्थीहरुलार्इ पनि पठन पाठन गर्न निकै कठिनार्इ भएको छ। स्वास्थ्य कर्मीहरुले अत्याधिक गर्मीका बेला धेरै पानि पिउन,अनावस्यक रुपमा बाहिर हिडडुल नगर्न तथा हल्का कपडा लगाउन सुझाब दिएका छन्। मौसम विदहरुका अनुसार केहि दिन अझै गर्मि कायम रहने सम्भावाना भएकाले विशेष सतर्क अपनाउन आग्रह समेत गरेका छन् ।


