दुर्गा प्रसाईंविरुद्ध अनुसन्धान सकियो, प्रहरीले बुझायो प्रतिवेदन

प्रकाशित मिति:

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्धको अनुसन्धान सम्पन्न गर्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ ।

प्रसाईंलाई जेठ ४ गते पर्साको वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरिएको थियो । हाल उनी पर्सा प्रहरीको हिरासतमा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेत ले सोमबार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको जानकारी दिएका छन् ।

प्रहरीले प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर तथा राज्यविरुद्धको कसुरमा अभियोग दायर गर्न राय दिएको जनाएको छ ।

विभिन्न युट्युब च्यानलमार्फत सार्वजनिक गरेका अभिव्यक्ति तथा वीरगञ्ज पुगेपछि दिएका भनाइलाई आधार बनाएर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार