कान्तिपुरको मञ्चमा ‘महाभारत’

प्रकाशित मिति:

काठमाडौं । कान्तिपुर फिल्म एकेडेमीको कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ को मञ्चन सुरु भएको छ। यस नाटकको मुख्य आकर्षणका रूपमा प्रसिद्ध हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल पहिलो पटक रङ्गमञ्चमा अभिनय गर्दै देखिनुभएको छ। उहाँका साथै वरिष्ठ कलाकार एवं निर्देशक रमेश बुढाथोकी र सुवर्ण थापाको सशक्त अभिनयले नाटकलाई थप प्रतीक्षित बनाएको छ। नाटकमा सन्दीप श्रेष्ठ, प्रतिक चौधरी, सुपज्ञा शर्मालगायत अन्य २० जना कलाकारहरूले पनि अभिनय गरेका छन्।

भारतीय प्रसिद्ध लेखक कुलदीप कुणालको यस नाटकलाई नवीन भट्टले नेपाली परिवेशमा रूपान्तरण, डिजाइन तथा निर्देशन गर्नुभएको हो। नाटकको अनुवाद प्रकाश दाहालले गर्नुभएको हो भने सेट डिजाइन तुफान थापा र लाइट डिजाइन दीपेश गजुरेलको रहेको छ।

त्यस्तै, अनुप तिमिल्सिनाको सङ्गीत संयोजन तथा गायन, अनिष क्षेत्रीको कोरियोग्राफी र रमेश पुरीको निर्माणमा यो नाटक मञ्चन भएको हो। आधुनिक नेपाली रङ्गमञ्चमा यो नाटकले विशेष छाप छोड्ने अपेक्षा गरिएको छ।

Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार