बैतडीमा एक पुरुष मृत अवस्थामा फेला

प्रकाशित मिति:

बैतडी । बैतडीको पुर्चौंडी नगरपालिका–८ स्थित मिरराड भिरमा एक पुरुष मृत फेला परेका छन्। पुर्चौंडी–५ सल्लेरी घर भएका करिब ५५ वर्षीय हरि साउँदको शव बिहीबार साँझ फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक इन्द्रराज भट्टको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी प्रवक्ता सुरज सिंहका अनुसार घटनाको कारणबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।

Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार