कञ्चनपुर । कञ्चनपुर क्षेत्र नम्वर ३ मा नेपाली कांग्रेसका दुई हजार ७२ जनाले क्रियासिल सदस्यता अध्यावधिक गरेका छन् ।
बिहिबार राती १२ बजेसम्म दुई हजार ७२ जनाले क्रियासिल सदस्यता अध्यावधिक गरेको केन्द्रीय प्रावीधिक प्रतिनिधी लोचन कार्कीले जानकारी दिए । यसअघि तीन हजार दुई सय जनाले सदस्यता नविकरण गरेका थिए ।
सरकारले शिक्षक र राष्ट्रसेवक कर्मचारीका ट्रेड यूनिययनहरु खारेज गरेका कारण यस पटक अध्यावधिक गर्नेको संख्या घटेको कांग्रेसले जनाएको छ । कञ्चनपुर क्षेत्र नम्बर ३ मा पाँच सयको हाराहारीमा नेपाली कांग्रेस आस्थावान शिक्षक–कर्मचारीले सदस्यता अध्यावधिक नगरेका कारण बिगतको तुलनामा यसपटक सदस्यता संख्या घट्न पुगेको केन्द्रीय प्रावीधिक प्रतिनिधी कार्कीले बताए ।
यसै गरी कांग्रेसका केन्द्रीय क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक कृष्णप्रसाद दुलालका अनुसार देशभरीका क्रियाशील सदस्यता अध्यावधिक गर्न कुल ७ लाख ८२ हजार २ सय ९ जना योग्य थिए । जसमध्ये अध्यावधिकका लागि तोेकिए अन्तिम मिति जेठ २८ गते राति १२ बजेसम्म ५ लाख ३८ हजार ६ सय २२ जनाले वडा सभापतिमार्फत एनसीआईडी प्राप्त गरेको कांग्रेसको विज्ञप्तीमा उल्लेख छ ।
यस्तै, १ लाख ४९ हजार ३ सय ९ जना सदस्यले अध्यावधिक प्रक्रियाका लागि वडा सभापतिमार्फत फारम पेश गरेको कांग्रेसले जनाएको छ । अर्को सुचना नभएसम्म नयाँ क्रियाशील सदस्यता वितरण कार्य जारी रहने कांग्रेसले अर्को सूचना जारी नभएसम्म खुला रहने विज्ञप्तीमा भनिएको छ । यस अभियानलाई सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्ने सम्पूर्ण क्रियाशील सदस्य, वडा सभापति तथा पार्टीका विभिन्न तहका नेतृत्वप्रति कांग्रेसले धन्यवाद व्यक्त समेत गरेको छ ।



