सीमा सुरक्षा र विद्यार्थी खाजा खर्च बढाउन सांसद साम्पाङको माग

प्रकाशित मिति:

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले राष्ट्रिय सुरक्षा र शिक्षा क्षेत्रको सुधारका लागि विशेष बजेट व्यवस्था गर्न माग गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले देशको सीमा रक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरेर तारजाली लगाउनुपर्ने प्रस्ताव गर्नुभयो। सीमा क्षेत्रमा निहत्था लडिरहेका नेपाली नागरिकहरूको पोषण र पोसाकका लागिसमेत बजेट छुट्याउनुपर्नेमा जोड दिँदै सांसद साम्पाङले खेल मैदानको विकासमा ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो। साथै, अन्य शीर्षकका बजेट कटौती गरेर भए पनि विद्यालयका विद्यार्थीहरूले पाउँदै आएको दैनिक खाजा खर्च २० रुपैयाँबाट बढाएर ५० रुपैयाँ पुर्‍याउन उहाँले माग गर्नुभएको छ।

ताजा समाचार