बैतडीमा बस दुर्घटना: चालकसहित १७ जना घाइते, दुई जनाकाे अवस्था गम्भीर

प्रकाशित मिति:

बैतडी । बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन्। धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ख ३९६३ नम्बरको बस आज शुक्रबार दिउँसो साढे ३ बजे पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक भुवन तिमिल्सिनाका अनुसार दुर्घटनामा परेका १७ जनाको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। घाइतेहरूलाई पाटन स्वास्थ्य चौकी, खोडपे स्वास्थ्य चौकी र डडेल्धुरा अस्पताल लगिएको हो। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा पाटन नगरपालिका घर भएका ३५ वर्षीय बस चालक दिनेश भाट पनि घाइते भएका छन् र उनको पनि उपचार भइरहेको छ। बस सडकबाट करिब ६० मिटर तल खसेको प्रहरी निरीक्षक तिमिल्सिनाले जानकारी दिए।

ताजा समाचार