कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–६ मा पानी तान्ने मोटरबाट करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शुक्रबार साँझ करिब ७ः४५ बजे स्थानीय तपेन्द्र साउदकी ८ वर्षीया छोरी आयुस्मा साउदलाई आफ्नै घरमा जडान गरिएको पानी तान्ने मोटरबाट करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।



