धनगढीबाट १३ वर्षीय बालक रिदम कुँवर बेपत्ता, खोजीका लागि अपील

प्रकाशित मिति:

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–६ जाली सिद्धि गणेश टोलका १३ वर्षीय बालक रिदम कुँवर शनिबारदेखि सम्पर्कविहीन भएका छन्।

पारिवारिक स्रोतका अनुसार फारवेष्ट स्कुलमा कक्षा ८ मा अध्ययनरत रिदम शनिबार बिहान करिब ६ बजेतिर घरबाट करीब एक किलोमिटर टाढा रहेको विद्यालयमा ट्युसन पढ्न भनी निस्किएका थिए। ट्युसन पढ्न गएका उनी अबेरसम्म पनि घर नफर्किएपछि परिवारले उनको खोजी कार्य सुरु गरेको हो। रिदमलाई कतै देख्नु वा भेट्नुहुने महानुभावले नजिकैको प्रहरी चौकी वा परिवारको सम्पर्क नम्बर ९७६२०१३४०९ मा जानकारी गराई सहयोग गरिदिनुहुन परिवारले विनम्र अनुरोध गरेको छ।

ताजा समाचार