बैतडीमा घर भत्किँदा गर्भवतीसहित तीन जना घाइते

प्रकाशित मिति:

बैतडी । बैतडीको मेलौली नगरपालिका–१ सिराडमा घर भत्किँदा एकै परिवारका तीन जना घाइते भएका छन्। स्थानीय सुने पार्कीको दुईतले चारकोठे घरको मुख्य जुवा (थाम/दलिन) भाँचिएर बीचको तला भत्किँदा सो दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सैनाका अनुसार सोमबार बिहान करिब ४ बजे सो घटना भएको हो। दुर्घटनामा सुनेकी २२ वर्षीया बुहारी प्रिया पार्की, १८ वर्षीया छोरी मनिषा पार्की र १३ वर्षीया छोरी चाँदनी पार्की घाइते भएका छन्।

घाइतेमध्ये प्रिया आठ महिनाकी गर्भवती छिन्। उनको ढाडमा चोट लागेको छ भने मनिषाको कम्मर र चाँदनीको घुँडामा चोट लागेको छ। घाइते तीनै जनाको अहिले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

घर भत्किँदा गोठमा बाँधिएका दुई वटा बाख्रा समेत घाइते भएका छन्। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

ताजा समाचार