फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा: साविक विजेता अर्जेन्टिनासहित शीर्ष चार टोली भिड्दै

प्रकाशित मिति:

काठमाडौं । फिफा विश्वकप–२०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। क्वार्टरफाइनलका खेलहरू सकिएसँगै साविक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स, इङ्ल्यान्ड र स्पेनले अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्। रोचक कुरा, सेमिफाइनल पुगेका यी चारै टोली फिफा वरीयताको समेत शीर्ष चार स्थानमा छन्।

आइतबार बिहान भएका क्वार्टरफाइनल खेलहरूमा स्विट्जरल्यान्डलाई ३–१ गोलले हराउँदै अर्जेन्टिना र नर्वेलाई २–१ गोलले स्तब्ध बनाउँदै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरे। यसअघि फ्रान्सले मोरक्कोलाई २–० र स्पेनले बेल्जियमलाई २–१ गोलले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरिसकेका छन्।

अब फाइनल प्रवेशका लागि बुधबार राति फ्रान्स र स्पेन तथा बिहीबार राति इङ्ल्यान्ड र अर्जेन्टिनाबिच रोमाञ्चक प्रतिस्पर्धा हुनेछ। सेमिफाइनलका विजेता टोलीहरूले आगामी साउन ४ गते न्युयोर्क न्यु जर्सीमा उपाधिका लागि भिड्नेछन्।

ताजा समाचार