नेपाल-भारत सीमा नाका गड्डाचौकीमा छाडा चौपायाको आतंक, दुर्घटनाको उच्च जोखिम

प्रकाशित मिति:

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका मुख्य राजमार्ग तथा बजार क्षेत्रमा छाडा छोडिएका दर्जनौँ पशुचौपायाका कारण दुर्घटनाको जोखिम बढ्नुका साथै स्थानीय बासिन्दा हैरान भएका छन्।

विशेष गरी गड्डाचौकी क्षेत्रमा छाडा चौपायाले किसानको बालीनाली नष्ट गर्ने र व्यवसायीको व्यापारमा अवरोध पुर्‍याउने गरेको छ। भारतबाट आउने पर्यटकहरू समेत सडकमा पशुचौपायाकै कारण यहाँका होटलमा बस्न मान्दैनन्। स्थानीय वडाध्यक्ष प्रकाश थापाका अनुसार रोपाइँ सकिएपछि र दुध दोहेर स्थानीयले जथाभाबी गाईवस्तु छोडिदिँदा व्यवस्थापनमा निकै ठूलो चुनौती थपिएको छ।

नगरपालिकाका उपप्रमुख नीलम लेखक जोशीले केही वडामा साना गौशाला बनाइए पनि जमिन अभावका कारण पूर्ण व्यवस्थापन गर्न नसकिएको बताउनुभएको छ। यस समस्याको दीर्घकालीन समाधानका लागि प्रदेश र संघ सरकारले छुट्टै योजना बनाएर सहयोग गर्नुपर्ने नगरपालिकाको भनाइ छ।

ताजा समाचार