सुदूरपश्चिम विश्वविद्यालय सुधारको बाटोमा: बिदा दुरुपयोग र जग्गा छानबिन गर्न दुई समिति बने

प्रकाशित मिति:

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययन बिदाको दुरुपयोग र जग्गाको अवस्थाबारे छानबिन गर्न दुई छुट्टाछुट्टै समिति गठन गरिएको छ।

विश्वविद्यालयको कार्यकारी परिषद्ले अध्ययन बिदा दुरुपयोगसम्बन्धी सत्यतथ्य पत्ता लगाउन प्राध्यापक डाक्टर राजेन्द्रप्रसाद भट्टको संयोजकत्वमा छानबिन समिति बनाएको छ। त्यस्तै, विश्वविद्यालय र यसका आंगिक क्याम्पसहरूको नाममा रहेको जग्गाको खोजी र छानबिनका लागि प्राध्यापक यज्ञराज पाठकको नेतृत्वमा अर्को समिति गठन गरिएको छ।

यसैगरी, क्याम्पसहरूले दिने १० प्रतिशत छात्रवृत्तिलाई पारदर्शी बनाउन कार्यविधि निर्माण गरिएको छ भने विभिन्न विभागका शैक्षिक तथा प्रशासनिक भवन निर्माणका लागि विद्युतीय बोलपत्र समेत आह्वान गरिएको छ। उपकुलपति प्राध्यापक डाक्टर किशनदत्त भट्टले पदभार ग्रहण गरेसँगै विश्वविद्यालयमा सुशासन र संस्थागत सुधारका लागि यी निर्णयहरू गरिएको विश्वविद्यालयले जनाएको छ।

ताजा समाचार