नेपाली श्रमिकको नयाँ रोजगारी गन्तव्य युरोपेली मुलुक बन्दै, ११ महिनामा ५४ हजार श्रम स्वीकृतिमा

प्रकाशित मिति:

काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकहरूको नयाँ र आकर्षक गन्तव्य युरोपेली मुलुक बन्दै गएका छन्। पछिल्लो ११ महिनामा मात्रै ५३ हजार ९ सय ५१ नेपालीले युरोपका २४ देशका लागि नयाँ श्रम स्वीकृति लिएका छन्। जसमा २४ हजारभन्दा बढी श्रमिकको रोजाइमा परेको रोमानिया पहिलो र साइप्रस दोस्रो ठूलो गन्तव्य बनेका छन्।

युरोपमा तीव्र श्रमिक अभावका कारण निर्माण, होटल र स्वास्थ्य क्षेत्रमा नेपालीको माग उच्च छ। मासिक औसत १२ सय युरोभन्दा बढी कमाइ हुने र परिवार समेत लैजान पाइने सुविधाका कारण युरोपतर्फ आकर्षण बढेको हो।

तर, सरकारले म्यानपावर कम्पनीमार्फत संस्थागत रूपमा श्रमिक पठाउन अनुमति नदिँदा नेपालीहरू व्यक्तिगत एजेन्टलाई २० लाख रुपैयाँसम्म बुझाएर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। श्रम मन्त्रालयले भने युरोपका ११ देशसँग श्रम सम्झौताको तयारी भइरहेको र संस्थागत रूपमै श्रमिक पठाउन परराष्ट्र मन्त्रालयसँग समन्वय भइरहेको जनाएको छ।

ताजा समाचार