मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबीच आजै लिखित सम्झौता हुने, सिंहदरबारमा निर्णायक वार्ता सुरु

प्रकाशित मिति:

काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौता पत्रमा हस्ताक्षर हुने भएको छ। सिमरामा भएको मौखिक सहमतिलाई लिखित रूप दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा निर्णायक वार्ता सुरु भएको छ।

जनकपुरबाट काठमाडौंका लागि पैदल यात्रामा निस्किएका पीडितहरूलाई बीच बाटोमै रोकेर सरकारले वार्ताको पहल थालेको थियो। हिजो र आज भएका सकारात्मक छलफलका आधारमा यो सहमति हुन लागेको हो।

प्रधानमन्त्री कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको सरकारी टोली र अवधेश कुसवाह नेतृत्वको पीडित पक्षको टोली यतिबेला सिंहदरबारमा अन्तिम सम्झौताको तयारीमा जुटिरहेका छन्।

ताजा समाचार