आजदेखि नयाँ आर्थिक वर्ष प्रारम्भ; आयकरको सीमा १० लाख पुग्यो, नयाँ कर प्रणाली कार्यान्वयनमा

प्रकाशित मिति:

काठमाडौं । मुलुकमा आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ। यसैसँगै सरकारले घोषणा गरेका नयाँ करका दरहरू आजैदेखि कार्यान्वयनमा आएका छन्।

नयाँ व्यवस्थाअनुसार व्यक्तिगत आयकरको न्यूनतम सीमा १० लाख रुपैयाँ पुर्‍याइएको छ, जसमा १ प्रतिशत मात्र कर लाग्नेछ। कमाइका आधारमा आयकरको दर अधिकतम २९ प्रतिशतसम्म तोकिएको छ। यस्तै, सेयर र घरजग्गा बिक्रीमा अवधिका आधारमा साढे ७ देखि १० प्रतिशतसम्म लाभकर लाग्नेछ।

आजैदेखि निजी शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क तथा ५० युनिटभन्दा बढी घरायसी बिजुलीमा ५ प्रतिशत र उद्योगहरूमा १३ प्रतिशत भ्याट लागू भएको छ।

यसका साथै, राइड सेयरिङमा ५ प्रतिशत सेवा शुल्क, विलासी रिसोर्ट र आयातित मदिरामा २ प्रतिशत विलासिता शुल्क तथा सुनचाँदीका गहनामा शून्य दशमलव ५ प्रतिशत शुल्क थपिएको छ। मिनी क्यासिनोको रोयल्टी पनि दोब्बर बनाएर ३ करोड पुर्‍याइएको छ।

ताजा समाचार