काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा घाइते भएका छन्। हङकङमा केही दिनअघि बाथरुममा लडेर उनको दायाँ हात भाँच्चिएको हो।
देउवानिकट स्रोतले घटनाको पुष्टि गर्दै उनी स्थानीय अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको जनाएको छ। पछिल्लो समय हङकङमा बस्दै आएका देउवा पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँगै देखिने गरेका छन्।
यसअघि १३ फागुनमा सिंगापुर गएका देउवा त्यहाँ उपचार गराएर थप उपचारका लागि चैत ७ गते हङकङ पुगेका थिए।



