बैतडीमा दुई महिनादेखि विद्युत् अवरुद्ध: टर्चलाइटको भरमा सुत्केरी सेवा

प्रकाशित मिति:

बैतडी । बैतडीको डिलाशैनी-२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा विगत एक-दुई महिनादेखि विद्युत् सेवा अवरुद्ध हुँदा स्वास्थ्यकर्मी टर्चलाइटको भरमा सुत्केरी सेवा दिन बाध्य भएका छन्। लघु जलविद्युतको लाइन बिग्रिएपछि २४सै घण्टा चल्ने स्वास्थ्य चौकीमा राति टर्च चार्ज गर्न मात्रै स्वास्थ्यकर्मी ३० देखि ४० मिनेट पैदल हिँड्नुपर्ने अवस्था छ, जसले सुरक्षित मातृत्व सेवामा चुनौती थपेको छ।
यस्तो कठिन परिस्थितिमा पनि सेवा दिइरहेका स्वास्थ्यकर्मी र स्थानीयले जनप्रतिनिधिको ध्यान नपुगेको गुनासो गरेका छन्। तीन जिल्लाको विद्युत् मर्मतको ठेक्का भारतीय कम्पनीसँग रहेकाले स्थानीयले बैतडीका प्रतिनिधिसभा सदस्य हरिमोहन भण्डारी र संघीय सरकारलाई तत्काल समन्वय र दबाब दिन आग्रह गरेका छन्। विद्युत् समस्या समाधान नभए स्वास्थ्य सेवा थप प्रभावित हुने देखिन्छ।

ताजा समाचार